५ असोज, काठमाडौं । गृह बाहेकका अरु मन्त्रालयहरुले अब प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई सोझै कुनै थप जिम्मेवारी दिन नपाउने भएका छन् । गत १ असोजमा मुख्य सचिव डा. बैकुण्ठ अर्यालको अध्यक्षतामा बसेको सचिव बैठकले मन्त्रालयहरुले आफूखुसी सीडीओलाई विभिन्न नयाँ जिम्मेवारी दिने रोक्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार मन्त्रालयरनिकायहरूले पटके निर्णय गररेर प्रमुख जिल्ला अधिकारीलाई जिम्मेवारी दिँदा गृह मन्त्रालयसँग समन्वय गनुपर्ने निर्णय भएको हो । बैठकले त्यस्तो जिम्मेवारी दिँदा आवश्यकताअनुसार स्रोत साधनको व्यवस्थापनमा समेत सम्बन्धित मन्त्रालयले सहयोग गर्नुपर्ने छ ।
कानुनअनुसार जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीको खटनपटन गृह मन्त्रालयले नै गर्छ । ऐन, नियम कानुनले तोकेको भन्दा बाहेकका जिम्मेवारीहरु दिँदा गृहसँग समन्वय हुनुपर्ने हुन्छ। ‘कानुनले नै तोकेका विषयहरुमा समस्या भएन, तर कहिलेकाँही मन्त्रालयहरुले अन्य जिम्मेवारीहरु पनि सीडीओहरुलाई दिइरहेका हुन्छन्,’ ,‘त्यस्तो थप जिम्मेवारी दिन आवश्यक पर्यो भने गृहसँग पहिले समन्वय हुनुपर्ने हुन्छ ।