Breaking News

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बिहीबार बस्दै छ । बैठक आज बिहान साढे १० बजे पार्टी कार्यालय आलोकनगरमा बस्ने भएको हो ।

पार्टीले यही असोज १४ देखि २९ गतेसम्म गर्न लागेको समाजवादी जागरण यात्राबारे छलफल गर्न बैठक बोलाइएको उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए ।

त्यस्तै पार्टीले केही दिनअघि जारी गरेको अन्तरपार्टी निर्देशन–११ बारे पनि छलफल हुने बताइएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भूसालले एकलौटी ढंगले र कमिटी निर्णयभन्दा बाहिर गएर अपानि जारी गरेको भन्दै एकीकृत समाजवादीमा असन्तुष्टि छ ।

सम्मानित नेता झलनाथ खनाल पक्षले त आपत्ति नै जनाएको छ । आफूनिकट नेता–कार्यकर्तालाई जिम्मेवारीबाट पाखा लगाउने अभिप्राय अपानिमा देखिएको भन्दै तुरून्तै संशोधन गर्न भनेको थियो ।