काठमाडौं । नेपाली कांग्रेसको डा. शेखर कोइराला र महामन्त्री गगन थापा समूहको आज बसेको बैठकले पार्टीका पूर्वनिर्धारित कार्यक्रमहरुलाई व्यवस्थित रुपमा अघि बढाउन नेतृत्वलाई दवाव दिने भएका छन् । असोज ४ गते बस्ने केन्द्रीय समिति बैठकको रणनीति बारे आज बसेको सो समूहको बैठकले महासमिति बैठकको तयारी, समयमा नै १५औं महाधिवेशन गर्ने तयारी लगायतका बिषयमा नेतृत्वलाई दवाव दिने निर्णय गरेको हो ।
बैठकले कार्यसमितिबाट पारित गरेको कार्यतालिकाको समिक्षा हुनुपर्ने र भएका कमीकमजोरीका बारेमा सुधार गरेर जाने बिषयमा छलफल भएको बुझिएको
छ । त्यस्तै महासमितिको एजेण्डा तथा महाधिवेशनका लागि क्रियाशिल सदस्यको बिषयलाई टुङ्गाउनका लागि तयारीबारे छलफल भएको बुझिएको छ ।
त्यस्तै, अहिलेको सन्दर्भमा सरकारले राम्रो काम गर्नुपर्ने र सन्तोषजनक अवस्था नरहेकाले जनता केन्द्रीत काम गर्नुपर्नेमा बैठकको जोड दिएको छ ।