नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं वाइसीएल इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ दक्षिण कोरियामा रोकिएका छन् । उनले कोरियन सरकारको भन्सार विभागले आफूसँग डकुमेन्ट मागेकोले कोरियामा रोकिएको जानकारी दिए ।
दीपशिखाले आफू कोरियामा रोकिनुको कारण खुलाउँदै भने, ‘ म गत अगस्ट १० तारिखमा कोरियाको नेपाली जनप्रगतिशिल मञ्चको कार्यक्रममा भाग लिन आउने क्रममा महामहिम राजदूत ज्योति प्याकुरेलले विगत १ वर्षदेखि सेवन गरिरहनुभएको औषधि मगाउनुभएकोले लिएर आएको थिएँ । अन्जानबस डाक्टरको प्रेस्किप्सन म सँग नभएकोले कोरियन सरकारको भन्सारले प्रेस्किप्सन सहीत अन्य आवश्यक डकुमेन्ट मागेकोले राजदूतावासले मागेका डकुमेन्टहरू बुझाइसकेको छ ।
भन्सारको भेरिफिकेसन नसकिएकोले कोरियाबाट आफूलाई नेपाल फर्कन नदिएको उनले स्वीकार गरे । तर उनले नजरबन्द, गिरफ्तारी भने नगरिएको स्पष्टीकरण दिए ।