काठमाडौं । हरितालिका अर्थात तीज पर्व आज विवाहित महिलाले आफ्नो श्रीमान्को र अविधाहिच महिलाले भविस्यमा प्राप्त गर्ने वरको दिर्घायु तथा स्वास्थ्यको कामना गदै दिनभर मुखमा केही पनि नहाली निराह वर्त बसिरहेका छन । यसैको अवसरमा देशभरका शिवालयमा बिहानैदेखि भक्तजनहरुको ठूलो भिड लागिरहेको छ । काठमाण्डौंको पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ । पशुपतिनाथ मन्दिर आउने भक्तजनका लागि बिहान ३ः०० बजे नै मन्दिरकोे चारैवटा ढोका खुला गरिएको थियो ।
पशुपतिनाथ मन्दिर आउने भक्तजनका लागि चारवटा लामको व्यवस्था गरिएको छ । पशुपतिनाथ नित्य दर्शनार्थीलाई कोषल ६ः०० बजे अगाडि नै दर्शन गराइएको थियो । बिहान ६ः०० बजेपछि भने महिला बर्तालुलाई मात्र पशुपतिनाथ मूल मन्दिरमा प्रवेश दिइएको छ ।
पशुपति क्षेत्रमा चारवटै सुरक्षा निकायका समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको छ । भक्तजनहरु बिहानीदेखि लाममा बसेका छन् । पशुपति क्षेत्रमा स्वास्थ्य शिविर, निःशुल्क पानी वितरण, खोजतलास केन्द्रलगायत सेवाको पनि व्यवस्था गरिएको छ ।
आज काठमाडौं उपत्यकाका गोकर्णेश्वर, डोलेश्वर, नागेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ मन्दिर भनेर चिनिने मखन महादेव मन्दिर क्षेत्रलगायत साना–ठूला शिवालयमा भक्तजनको भीड लागेको छ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।