भदौ २९, काठमाडौँ । शिखर आम्बोटे विद्युतिकरण समूहको चरम लापरवाहीका कारण उपभोक्ता मारमा परेका छन् । काभ्रे जिल्ला रोशी गाउँपालिका वडा २ र ३ मा रहेको सो विद्युतिकरण समूहले उपभोक्ताबाट उठाएको महशुल रकम विद्युत प्राधिकरण शाखा बनेपालाई नबुझाएका कारण त्यस कार्यालयबाट पाउनुपर्ने सेवाबाट स्थानीय बञ्चित भएका छन् । रोशी गाउँपालिका वडा नं. २ र ३ लाई केन्द्र बनाएर सो समूहले विद्युत प्रसारण गर्दै आए पनि वाक्यौता समयमा नबुझाएका कारण आवश्यक सेवाबाट बञ्चित भएको बनेपा शाखाले जानकारी गराएको छ ।
यस बारेमा पटक–पटक सूचना जारी गरे पनि उक्त समूहले बाँकी वाक्यौता नबुझाउँदा परेको समस्या लिएर उपभोक्ता, जनप्रतिनिधि तथा सांसदहरू दबाब सिर्जना गर्दै आएको शाखाले जनाएको छ । प्राप्त जानकारीअनुसार अघिल्लो आर्थिक वर्षको १७ लाखभन्दा बढि वाक्यौता अझै बाँकी रहेको बुझिएको छ ।
वडा २ र ३ का जनाता भने शिखर आम्बोटे विद्युतिकरण समूहकै चरम लापरवाही र अनिमियतताकै कारण असुरिक्षत भएको बताउँदै आएका छन् । वडा ३ का विभिन्न स्थानमा विजुली पोलको समस्याका करण डर खेप्दै आएका स्थानीयहरूलाई प्रतिनिधित्व गर्दै जिल्ला प्रशासन कार्यालय काभ्रे र रोशी गाउँपालिकाको कार्यालयमा आवश्यक छानविन तथा कारवाहीको लागि निवेदन समेत परेको जानकारी आएको छ । सोही निवेदनका आधारमा रोशी गाउँपालिकाले गत साउन ३० गते वडा नंं २ र ३ लाई पत्र काटेको
छ ।
पत्र काटेको महिनौ बित्न लाग्दा पनि आवश्यक प्रक्रिया आगाडी नबढाएको स्थानीयहरुको गुनासो छ । पालिकाबाट वडा नं. २ मा पत्र पुगिसकेको जानकारी पाए पनि वडाअध्यक्ष हस्तामान लामाले जानकारी नभएको बताए । हामीलाई प्राप्त सूचनाका अनुसार वडा २ मा भदौ ४ गते पत्र प्राप्त भई दर्ता नं. १८० समेत उपलब्ध भएको छ । तर सचिवले अध्यक्षलाई जानकारी नगराएको कारण सो विषयमा छलफल गर्न नपाएको बताए ।
वडाध्यक्ष लामाका अनुसार शिखर आम्बोटे विद्युतिकरण समूहले कुनै काम गर्न नसकिएको बताए। समूहमा बस्ने पदाधिकारीकै कारण समस्या उत्पन्न भएको बताउँदै वडा २ मा छुट्टै तरिकाले महशुल उठाउँदै आएको र व्यवस्थित बनाउन कर्मचारी समेत परिचालन गरेको बताए । उक्त समूहले निम्त्याएको समस्या भने चाडै हल गर्न आफू तयार रहेको प्रतिबद्धतता गरे ।
त्यस्तै सो विद्युतिकरण समूहमार्फत प्रसारित विद्युतको ठूलो संख्यामा उपभोग गर्दै आएका वडा नं. ३ मा भने साउन ३१ गते नै पत्र पुगेको जानकारी वडा सचिव सुनिल शाहीले जानकारी दिए । त्यस कार्यालयमा प्राप्त भएको पत्र दर्ता नं. ६६ रहेको छ । सचिव शाहीले सो बारे अध्यक्ष धनजीत लामालाई जानकारी गराई सकेको बताए । गाउँपालिकाले पत्र काटेको महिना दिन पुग्न लाग्दा पनि केही प्रक्रिया नबढाएको कारण त्यस भेगको नागरिक झन समस्यामा पर्ने खतरा बढेको पीडितहरू बताउँछन् ।
विजुली पोलको अभावकै कारण अधिंकस बासिन्दाहरू जोखिम मोल्दै आएका छन् । बाटोमा लत्रिएको नाङ्गो विजुलीको तारबाट बालबालिका, गाईबस्तु तथा दैनिक गाँस दाउरा गर्नेहरू असुरक्षित रहेको स्थानीहरूको गुनासो छ । रूको हाँगाका विजुलीको नाङ्गो तार झुण्डयाएर राख्दा असुरक्षा महसुस गर्दै आएका स्थानीयहरू चाँडोभन्दा चाँडो समस्याको समाधान खोज्दै छन् ।
गाउँपालिकाबाट पत्र पुगेपनि शिखरआम्बोटे विद्युतिकरण समूहलाई कारवाहीको दायरामा नल्याएको भन्दै वडाध्यक्षमाथी नै शंक गरेको छ । कारवाहीको माग गर्दै परेको उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालय काभ्रेले भने स्थानीय तहमा भएको समस्या समाधानमा स्थानीय सरकारकै महत्वूर्ण भूमिका रहने र कारवाही गर्ने अधिकार पनि रहेको बताए