काठमाडौं । भारत सरकारले नेपाल–भारत दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी अन्तरसरकारी सम्झौतापत्रको मस्यौदा स्वीकृत गरेको छ ।
गत १८ जेठमा दुई देशका प्रधानमन्त्रीबीचबीच भएको दीर्घकालीन विद्युत् व्यापारको समझदारीपत्र (एमओयू) हालै भारत सरकारको मन्त्रिपरिषदले स्वीकृत गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डको भारत भ्रमणका क्रममा उक्त सहमति भएको थियो । तीन महिनापछि भारतको मन्त्रिपरिषद्ले त्यसलाई स्वीकृत गरेसँगै अब दुई देशका ऊर्जासचिवबीच सम्झौतापत्रमा हस्ताक्षर हस्ताक्षर हुने भएको हो ।
यसअघि पनि नेपाली विद्युतका लागि भारतीय बजार सुनिश्चित गर्ने पटठकपटक प्रयास भएका थिए । तर, भारतले तयारी नपुगेको भन्दै अन्तिम सम्झौतापत्रमा हस्ताक्षर हुन सकेको थिएन ।