Breaking News

नेपाल प्रहरीका ४८ जना प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा

काठमाडौं । नेपाल प्रहरीका ४८ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा गरिएको छ । सरुवामा १ दर्जनभन्दा बढी जिल्लाका इन्चार्ज फेरिएका छन् ।

प्रहरी सरुवा समितिको हिजो (शुक्रबार) बसेको बैठकले भदौ महिना देखि नै सम्पुर्ण सेवा पाउने गरी एसपीको सरुवा गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बारामा सुरेश काफ्लेलाई सरुवा गरिएको छ । सप्तरीमा गजुसिद्धि बज्राचार्य, पूर्वी नवलपरासीमा नरहरि रेग्मी र कपिलवस्तुमा नवरत्न पौडेललाई पठाइएको छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय सुनसरीमा विपिन रेग्मीलाई पठाइएको छ । भक्तपुरमा वेद विष्ट, रौतहटमा महेन्द्र कुमार श्रेष्ठ, कास्कीमा मोहन कुमार थापा र उदयपुरमा रमेश थापालाई पठाइएको छ । दाङमा रामबहादुर केसी, इलाममा वासुदेव खतिवडा र नुवाकोटमा सञ्जय सिंह थापालाई पठाइएको छ ।