सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले भ्रष्टाचारविरुद्धको लडाइँ सुरु भएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरुद्धको लडाइँ नरोकिने पनि बताएका हुन् । यसमा सबै राजनीतिक दलहरुले सहयोग गर्नुपर्ने उनको भनाइ छ ।
प्रधानमन्त्री प्रचण्डले क्रान्तिकारीहरुले चनाखो र अझ ठूलो मोर्चा बनाउनुपर्ने बताए । कम्युनिस्ट आन्दोलनलगायतका विभिन्न आन्दोलनले नै नेपालमा परिवर्तन ल्याएको भन्दै उनले समाजवादी मोर्चा बनाउँदा अरूभन्दा आफू बढी खुसी भएको बताए ।
प्रधानमन्त्री प्रचण्डले विप्लवको सुरक्षा घेरामा आफूले जनयुद्ध अगाडि बढाएको उल्लेख गरेका छन् । तर आफूहरु एक ठाउँमै रहेर अघि बढ्न नसकेको प्रति उनले चिन्ता व्यक्त गरे ।
प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चाले थप उत्साहित भएको बताए । यो मोर्चा एक ठाउँमा भएर लड्दा भ्रष्टाचारविरुद्धको लडाइँ, सुशासनको लडाइँ सफल हुन्छ । अहिले धारे हात लगाएर हेरिरहेका छन् । उनीहरु नक्कली कम्युनिस्ट हुन्ु, एमाले परिवर्तनको पक्षमा नरहेको उनले बताए ।
प्रधानमन्त्री प्रचण्डले परिवर्तनको पक्षमा अग्रसर हुनु आफ्नो प्रमुख लक्ष्य रहेको बताए । उनले भने,ुम राम्रो काम गर्छु, कसले हटाउँदो रहेछ हेर्छु ।ु
प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरुद्धमा अग्रसर हुँदा कांग्रेस, एमालेलाई लक्षित गरेको भन्ने भनाई सहि नभएको दाबी गरे । माओवादीकै र स्वयं प्रचण्डकै त्यस्तो विषय आएपनि नछोड्न भनिएको उनले बताए ।
प्रधानमन्त्री प्रचण्डले राम्रो काम गरेको प्रतिक्रियावादी र दलालहरुलाई सह्य नभएको बताए ।