Breaking News

समाजवादी प्रेस संगठन नेपालको प्रथम केन्द्रीय कमिटी बैठक आज बसेर आजै सम्पन्न : भोलि संगठनको स्थापना दिवस मनाइने

भाद्र ९, काठमाण्डौ । समाजवादी प्रेस संगठन नेपालको प्रथम केन्द्रीय कमिटी बैठक आज बसी आजै समापन भएको छ । काठमाण्डौको बानेश्वरस्थित मण्डला थिएटरमा बसेको बैठकको अध्यक्षता संगठनका अध्यक्ष विश्वमणी सुवेदीले गर्नुभएको थियो । संगठनका महासचिव रामकुमार एलनले संचालन गर्नु भएको बैठकमा प्रमुख अतिथिमा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल र अतिथिमा पार्टीका प्रचार विभाग सह-संयोजक हुनुहुन्थ्यो ।

No description available.

बैठकको पहिलो सत्रको सुरुमै बैठकको उद्घाटन गर्ने कार्यक्रम भएपनि प्रमुख अतिथि आउने ढिला भएपछि निर्वाचित केन्द्रीय कमिटी सदस्य र सहभागी सदस्यहरुको बिचमा परिचात्मक कार्यक्रम सुरु गरिएको थियो । परिचात्मक कार्यक्रम चलिरहेकै समयमा प्रमुख अतिथि महासचिव घनश्याम आउनु भएको थियो । परिचात्मक कार्यक्रमलाई सकाएर प्रमुख अतिथि भुसालले संगठनको ब्यानर पढेर बैठकको उद्घाटन गर्नु भएको थियो । उद्घाटन पछि बैठकमा सहभागी केन्द्रीय कमिटी सदस्य र पदाधिकारीहरुले संगठन चुस्त र अबका दिनमा संगठानात्मक ढाँचा कस्तो बनाएर कसरी अगाडी बढ्ने विषयमा बैठकमा धेरै साथिहरुले धारणा र सुझाव राख्नु भएको थियो । बैठकमा सहभागी उल्लेख्य सदस्यले संगठनलाई कस्तो बनाउने, सगठनलाई कसरी चलाउने र नेतृत्वले कस्तो भूमिका खेल्ने विषयमा व्यापक छलफलमा धारणा राखेका थिए । धारणा राखेर संगठनलाई कसरी अगाडी बढाउने सुझाव करिब २ घन्टा जति चलेको थियो । सहभागी सदस्यले आफना धारणा राखेर सकिएपछि बैठकका प्रमुख अतिथि पार्टीका महासचिव घनश्याम भुसालले करिब आधा घन्टा सम्म प्रक्षिणात्मक भाषण गर्नु भएको थियो । उहाँले, संगठन कस्तो बनाउने, नेतृत्व कस्तो हुने, कमिटी कस्तोे हुने , पार्टीले संगठनलाई कस्तो निर्देन दिने, आगामी दिनमा संगठानात्मक संरचना कस्तो बनाउने जस्ता देश तथा विदेशको राजनीति परिघटनाको विषयमा कुरा उठाउदै संगठनलाई सुझाव सहितको प्रक्षिण दिनु भएको थियो ।

No description available.

महासचिव भुसालले अगाडी भन्नु भयो, ब्याङ्ग्यात्मक तरिकाले विगतको पार्टीको भातृ संगठन प्रेस चौतारीका साथिहरुको सामाजिक संजालमा पोखेका शब्दलाई समेटेर एक छिन हसाउने प्रयास गर्नु भएको थियो । बोल्ने क्रमममा भुसालले पत्रकारिता गर्दा निष्पक्षका साथै राम्रो भाषामा अगाडी बढेको खण्डमा भोलिका दिनमा राष्ट्र र सम्बद्ध पार्टी लाई पनि फाइदा हुने बताए । त्यस्तै दक्ष र अब्बल संगठनको नेतृत्व भएको खण्डमा संगठानात्मक संरचना निर्माणमा कठिनाई नहुने बताउँदैे तपाईहरुको यो निर्वाचित कमिटी संगठनको सक्षम र बलियो हुने पनि बताए । अहिले सानो आकारको संगठन भएपनि भोलिका दिनमा देशकै ठूलो र अब्बल संगठनको रुपमा खडा हुन सक्ने त्यसका लागि हालको निर्वाचित कमिटीले त्यतातिर ध्यान दिएर अगाडी बढ्नेछ भन्ने धारणा राख्नु भएको थियो । महासचिव भुसालले हालै सकिएको पार्टीको केन्द्रीय कमिटी बैठकले पार्टीको १०औं महाधिवेशन आगामी माघ १५ देखि १९ सम्म गर्ने निर्णयले गरेकाले त्यसको भव्य सफलताको लागि तपाई समाजवादी प्रेस संगठनले आजैदेखि देशका ७७ वटै जिल्लामा संगठनको संरचना निर्माणका साथै प्रचार र प्रसारमा लाग्नु पर्ने बताए । साथै उहाँले आगामी २०८३ को स्थानीय निकायको चुनावमा देशभरी एक्लै चुनाव लड्ने सक्ने क्षमताको पार्टी संगठन बनाएर जान सक्ने संगठानात्मक संरचना आजैदेखि बनाएर अगाडी बढ्नु पर्ने समेत बताए । हामी बिद्रोह गरेर आएको र बिद्रोहबाटै संगठन निर्माण गरेकाले बिद्रोह गर्नु औचित्य सही थियो तर त्यसको लागि जनतामाझ पुर्याउन नसकिएकाले अबका दिनमा त्यतातिर व्यापक रुपमा लाग्नु पर्नेमा जोड दिनु भएको थियो ।

No description available.

बैठकको पहिलो सत्र सकिएपछि केहीबेर चिया नास्ताको समय पछि दोस्रो सत्र सुरु भएको बैठकमा सचिवालयको निर्णय सर्कुलर संगठनको संरचना, बिभाग गठन र सल्लाहकार समिती र केन्द्रीय कमिटीमा थप सदस्यको नामावली बाचन गरेर सुनाइएको थियो । त्यसपछि पनि बैठकमा केही पदाधिकारी र सदस्यहरुले संगठनका बारेका धारणा राखेर छलफल गरिएकोे थियो ।

No description available.

छलफलपछि एक निचोड निकाल्दै बैठकमा राखिएका एजेन्डालाई महासचिवले बढेर सुनाउँदै ताली बजाएर सर्वसहमतिले पारित गरिएको थियो भने अन्तिममा केन्द्रीय कमिटी बैठकमा थप गरिएका र निर्वाचित छुटेका केन्द्रीय सदस्यलाई अध्यक्ष विश्वमणी सुवेदीले   शपथ खुवाएपछि फोटो सेसन गरेर बैठक सकिएको थियो । साथै आजको बैठकमा सगठनको स्थापना दिवस भोलि भाद्र १० गते १० बजे बानेश्वर थापा गाउँस्थित बानेश्वर ब्याङकेटमा गरिने भएकाले उपस्थितिको लागि समेत अध्यक्षले जानकारी गराउनु भएको थियो ।

No description available.