काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । बैठकको पहिलो दिन हिजो अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
आजबाट बैठकमा अध्यक्ष नेपालको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्नेछन् । साथै बैठकमा पेस भएका लेखा आयोग र निर्वाचन आयोगको प्रतिवेदनमाथि पनि छलफल हुने भएको छ ।
पार्टीले आगामी फागुनमा महाधिवेशन गर्ने तयारीका साथ कार्यक्रमहरूलाई अघि बढाउँदै आएको छ ।