Breaking News

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । गत वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म चलेको परीक्षाको नतिजा प्रकाशित भएको हो। प्रकाशित नतिजा  अनुसार यो पटक ५०.९१ प्रतिशत उतीर्ण भएका छन् ।

यस वर्ष ४ लाख ४८ हजार ८ सय ३७ जना विद्यार्थीले कक्षा १२ को परीक्षा दिएका थिए। ५१ जनाको परीक्षा रद्द भएको
थियो । परीक्षा सकिएको ८० दिनमा परीक्षाफल प्रकाशित भएको बोर्डले जनाएको छ ।

३५ प्रतिशतभन्दा कम अंक ल्याउने विद्यार्थीलाई नन् ग्रेडमा राखिएको छ । गत वर्षभन्दा ३ प्रतिशत बढीले नतिजा सुधार भएको बोर्डले जनाएको छ ।

सार्वजनिक नतिजा अनुसार यो वर्ष नियमिततर्फ ३ लाख ७२ हजार ६३७ परीक्षार्थीमध्ये ३.६१ देखि ४ जीपीए ल्याउने ६ हजार ९७६ जना छन् । ३.२१ देखि ३.६० जीपीए ल्याउने ३८ हजार ९९९ जना, २.८१ देखि ३.२० ल्याउने ६९ हजार १७४ जना, २.४० देखि २.८० आउने ६३ हजार ७७ जना, २.१ देखि २.४० जीपीए आउने ११ हजार ४३८ जना र १.६१ देखि २ जीपए ल्याउने ४७  जना छन् ।

यसरी हेर्न सकिन्छ नतिजा

कक्षा १२ को परीक्षाफल बोर्डको आफ्नै वेबसाइड र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने व्यवस्था गरेको छ ।

बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np र नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.net.np मा गएर हेर्न सकिन्छ । त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ ।

त्यसका लागि neb लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नं मा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने छ ।