Breaking News

एमाले केन्द्रीय सदस्य केशव स्थापित पार्टीको जिम्मेवारीबाट अलग

एमाले केन्द्रीय सदस्य केशव स्थापितले पार्टीको जिम्मेवारीबाट बिदा लिएका छन्।
२०५४ सालमा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित भएका स्थापित पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा पुनः मेयरमै मनोनीत भएका थिए। र २०७९ को स्थानीय निर्वाचनमा काठमाण्डौ महानगरको मेयरमा लडेपनि उनी पराजित हुँदै तेस्रो स्थानमा रहेका थिए ।

त्यसपछि एमाले छाडेर प्रजा परिषद् ब्युँताउन लागेका उनी एमाले विभाजन भएर बनेको अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीमा क्रियाशील भएका थिए। २०७० को दोस्रो संविधान सभा निर्वाचनमा काठमाडौं–६ बाट उम्मेदवार बनेका उनी पराजित भएका थिए।

तत्पश्चात् एमाले फर्किएर काठमाडौं ६ बाटै प्रदेश सभा सदस्य निर्वाचित भएका उनी बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री बनेका थिए। पछि तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलसँग विवाद भएपछि मन्त्री पदबाट हटाइएका थिए।
एमालेको हिजो सोमबार बसेको सचिवालय बैठकले उनलाई बिदा दिने निर्णय गरेको छ ।