२९ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् हेरफेर गर्दैछन् । जनमत पार्टीलाई सहकारमा सहभागी बनाउनका लागि प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गर्न लागेका हुन् । २५ सदस्यीय मन्त्रिपरिषद् रहेकोले एक जना मन्त्रीलाई फिर्ता बोलाएर प्रचण्डले जनमतलाई सरकारमा सहभागी बनाउन लागेका हुन् ।
जनमतलाई सरकारमा सहभागी गराउन माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरिसकेको छ ।
आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
मोदीको ठाउँमा अब जनमतकी अनिता देवी साह मन्त्री हुनेछिन् । उनको शपथ आज बिहान १० बजेका लागि तय भएको छ ।