बबई नदीमा दाउरा संकलन गर्न गएका तीनै जनाको अवस्था अज्ञात

लगातार आएको बर्षाले बाढीले बगाएर ल्याएका दाउरा संकलन गर्न गएका तीन जनलाई बबई नदीले बगाएर लगेपछि तीनै जनाको अवस्था अज्ञात छ।

गुलरिया– १२ भैसाहीका ३० वर्षीय बालकृष्ण थारूलाई मध्याह्न १२ बजे, गुलरिया– ८ थपुवाका २७ वर्षीय अक्षय चौधरीलाई साढे १ बजे र गुलरिया– २ पण्डितपुरका २७ वर्षीय महेश चौधरीलाई साढे ४ बजे बाढीले बगाएर बेपत्ता भएका हुन् ।
बेपत्ताको खोजी र डुबानमा परेकाहरूको उद्धारका लागि ११ जना नेपाली सेना, ४९ जना सशस्त्र प्रहरी र एक सय दस जना नेपाल प्रहरी दिनभर परिचानल भएका थिए ।