Breaking News

एमालेले सय किलो सुन तस्करी प्रकरण र संसद् अवरोधबारे आफ्नो धारणा सार्वजनिक गर्दै

काठमाडौं । नेकपा एमालेले आज पत्रकार सम्मेलन गर्दैछ । एमालेले सय किलो सुन तस्करी प्रकरण र संसद् अवरोधबारे आफ्नो धारणा सार्वजनिक गर्न केन्द्रीय कार्यालय ललितपुरमा दिउँसो १२ः ४५ बजे पत्रकार सम्मेलन बोलाएको हो ।

वर्तमान समसामयिक राजनीतिक, संसद्को गतिरोध लगायत विषयमा पार्टीको औपचारिक धारणा सार्वजनिक गरिने केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जानकारी दिएको छ ।