Breaking News

कांग्रेस संसदीय दलको बैठकले सांसद सुनील शर्मा पक्राउ अनुचित र आपत्तिजनक रहेको ठहर

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको आज बसेको बैठकले आफ्नो पार्टीका सांसद सुनील शर्मा पक्राउ अनुचित र आपत्तिजनक रहेको ठहर गरेको छ । पार्टीको संसदीय दलको बैठकले सांसद शर्मा पक्राउ अप्रत्यासित र आपत्तिजनक रहेको ठहर गरेको हो । ‘यो आपत्तिजनक र अप्रत्यासित छ ।

बैठकले अविरल बर्खाका कारण देशभरी बाढी पहिरो र डुबानबाट धेरै मानिसले aज्यान गुमाएको भन्दै बैठकले त्यसबाट क्षति सार्वजनिक र नीजि भौतिक संरचनामा क्षति भएकाले तत्काल बाढी पहिरो र डुबानबाट भएको हानी नोक्सानीका बारेमा राहत, उद्दार र पुर्नस्थापना गर्न सरकारसँग माग गरेको छ ।

त्यस्तै लम्पी स्किनबाट हजारौ पशु चौपायको मृत्यु हुँदा किसानले बेहोरेको क्षतिप्रति राहत र उपचारको व्यवस्था मिलाउन पनि सरकारसँग कांग्रेस दलको बैठकले माग गरेको छ ।

त्यसबाहेक डेंगु र आँखाको रोगको उपचारका लागि उचित व्यवस्था गर्न र तराई मधेसमा यो वर्ष पानी कम परेकाले कममात्रामा धान रोपाई भएकाले यो समस्याप्रति पनि उचित ध्यान दिन सरकारसँग माग गरेको छ ।