काठमाडौं । आज बिहानैदेखि काठमाडाचैं उपत्यकासहित केही भू–भागमा वर्षा भइरहेको छ । मधेस, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको हो । बाँकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कोसी, मधेस, वाग्मती गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै तथा कोसी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । मधेस र वाग्मती प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहने जनाएको छ । कोसी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशको केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
मधेस, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । कोसी प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ ।
मध्यम, भारी र धेरै भारी वर्षाका कारण नदीको जलसतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षयबाट क्षति हुनसक्ने महाशाखाले जनाएको छ ।