खार । इस्लामिक पार्टीद्वारा आयोजना गरिएको एक कार्यक्रममा विस्फोट हुँदा पाकिस्तानमा कम्तिमा ४४ जनाको मृत्यु भएको छ । उत्तर–पश्चिम बाजुर जिल्लामा जामियात उलेमा–ई–इस्लाम–फजलको कार्यक्रममा विस्फोट हुँदा १ सय जनाभन्दा बढी घाइते भएका छन् ।
के कारणले विस्फोट गराइयो भन्ने खुलेको छैन । आइतबार अफगानिस्तानको सीमा नजिकै रहेको खारमा अयोजित कार्यक्रममा सयौँको संख्यामा मानिसहरु भाग लिन आएका थिए ।
सामाजिक सञ्जालमा सेयर गरिएको भिडियोमा एक पाल मुनि कार्यक्रम आयोजना भइरहेको बेला स्टेजको छेउमा विस्फोट भएको देखिएको छ ।