Breaking News

नेपाल पत्रकार महासङ्घले श्रमजीवी पत्रकारका पक्षमा श्रावण १९ गतेबाट आन्दोलन गर्ने

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको केन्द्रीय कार्यालय संचारग्राम तिलगंगामा नेपाल पत्रकार महासंघले आयोजना गरेको संचारगृहमा श्रमजीवी पत्रकारको श्रम समस्या बिषयमा अन्तरक्रिया कार्यक्रममा महासंघका केन्द्रीय पदाधिकारी, सचार मिडियाका संचालक पत्रकार, विभिन्न संचारगृहमा कार्यरत श्रमजिवी पत्रकार, विभिन्न पत्रकार संगठनका प्रतिनिधि तथा उल्लेख्य पत्रकारहरुको सहभागीको कार्यक्रमको संचालन महासंघका केन्द्रीय सदस्य रामकृष्ण अधिकारीले संचालन गरेको कार्यक्रममा बोल्ने क्रममा महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले श्रमजीवी पत्रकारका समस्या समाधान गर्न महासङ्घले यही साउन १९ देखि श्रम कार्यालयमा र संचार रजिष्टार कार्यालयमा धर्ना दिने तथा भदौ १ गते पुराना सम्झौता कार्यान्वयन नभएका तथा श्रमजीवी पत्रकारलाई न्यूनतम पारिश्रमिक नदिने सञ्चार प्रतिष्ठान घराउ गरिने जानकारी दिए ।

यसैगरी महासङ्घले श्रमजीवी पत्रकारको परिश्रमिकका लागि वार्ता, सम्वाद, कानुनी तथा घेराउका कार्यक्रमसँगसँगै लिएर अगाडि बढ्ने जनाएको छ । सोही कार्यक्रममा बोल्दै पत्रकार महासङ्घका महासचिव रोशन पुरीले श्रमजीवी पत्रकारको मुद्दामा नेपाल पत्रकार महासङ्घ सधैँ अग्रसर रहने जानकारी गराए ।

कार्यक्रममा विभिन्न सञ्चारगृहमा कार्यरत श्रमजिवी पत्रकार, कामदार वा श्रमिकहरुले संचार गृहमा भोग्नु परेको समस्या र पिडाका आवाज पोखएका थिए । संचार गृहले पत्रकार र कामदारलाई पारिश्रमिक नदिएको, बिनाकारण जानकारी नै नदिई कामबाट निकाले, अपहेलित बनाएको, धम्की, गालीगलौज गरेर कामबाट निकालेको जस्ता थुप्रै समस्या भएको बताएका थिए । यस बारेमा पिडित पत्रकारहरुको समस्या सुनेर, बुुझेर महासंघले एक निचोड निकाले आगामी दिनमा चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गर्ने बताएको थियो ।