Breaking News

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम जारी

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेबाट केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ ।

गत मंगलबारदेखि सुरु भएको बैठकमा आज पनि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्नेछन् । हिजोको बैठकमा ३५ केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका थिए । आजको बैठकमा पनि बाँकी केन्द्रीय सदस्यहरुले क्रमश आफ्नो धारणा राख्नेछन् ।

हिजोको बैठकमा संस्थापन पक्षका नेताहरू नक्कली भुटानी शरणार्थी प्ररकणमा मुछिएका बालकृष्ण खाँणको बचाउमा उत्रिएका थिए । तर, इतर समूहले भने त्यसको खुलेरै विरोध गरेको थियो । बुधबार संस्थापन पक्षका नेताहरूले खाँणविरुद्ध बोल्ने नेताहरूको हैसियतमै प्रश्न उठाएका थिए ।

बैठकमा केन्द्रीय सदस्यहरूले पार्टीमा कार्यकर्ता र जनताको असन्तुष्टि बढेको, गठबन्धनले निर्वाचनमा पहिलो दल बने पनि कांग्रेसले राजनीति हारेको, सरकार जनतासँग नजोडिएको, क्रियाशील सदस्यतालगायत विषयमा आफ्नो धारणा रोखका थिए ।