काठमाडौँ । अवैध सुन प्रकरणमा संलग्नता रहेको संकाको घेरामा समेटिएका कर्मचारीलाई निलम्बनको तयारी अन्तिम चरणमा पुगेको छ । आफ्ना कर्मचारीलाई कारबाही गर्ने सिफारिस भन्सार विभागले अर्थ मन्त्रालय पठाइसकेको छ ।
मन्त्रालयका सचिवले गर्ने निर्णय हो,’ उनले भने, ‘उताबाट निर्णय भएपछि मात्रै नाम सार्वजनिक गर्छौं ।’ भन्सार जाँचपासको समयमा ड्यूटीमा रहेका कर्मचारीहरु मुख्य संकाको घेरामा छन् ।
‘अहिले प्रक्रिया अघि बढेको छ । हाल विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत सन्तोष चन्द्र र नायब सुब्बा कुमार ढकालको संलग्नता रहेको आशंका छ । तर, कारबाहीमा पर्ने कर्मचारीको संख्या २ वा २ भन्दा बढी समेत हुन सक्ने छन् । निलम्बनको प्रक्रिया केही महिना काम गर्न नमिल्ने गरी र पुष्टीभएपछि पूर्ण कारबाही हुनेगरी अघि बढेको छ ।