Breaking News

राष्ट्रियसभाको बैठक बस्दै : आजको बैठक पनि एमालेले अवरोध गर्ने तयारी

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी बोलाइएको छ ।

हिजो बुधबार दिउँसो २ बजेर ३१ मिनेटमा बोलाइएको बैठक प्रमुख प्रतिपक्ष एमाले लगायतका दलले अवरुद्ध गरेपछि आधा घण्टाका लागि स्थगित भएको थियो ।

एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विवादित अभिव्यक्तिले सार्वभौम संसदको अपमान भएकाले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने अडान राख्दै विरोध जारी राखेपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक स्थगित गरेका थिए ।

त्यसपछि ४ बजेर ४६ मिनेटमा बस्ने गरी बोलाइएको बैठक पनि सञ्चालन हुन नसकेपछि बैठक सुचना जारी गर्दै आज ९बिहिबार० का लागि बोलाइएको हो ।

आफूलाई प्रधानमन्त्री बनाउनका लागि प्रितम सिंह पटकपटक दिल्ली गएको प्रचण्डको भनाइको एमालेले चर्को विरोध गरेको छ ।

एमालेले प्रधानमन्त्री प्रचण्डले राजीनामा नगरेसम्म संसद बैठक चल्न नदिने संसदीय दलबाटै निर्णय गरेकाले आजको बैठक सहज रुपमा सञ्चालन हुनेमा आशंका रहेको छ ।