आफ्नै श्रीमतीलाई हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

सप्तरी । सम्भुनाथ नगरपालिका-५ मोहनपुर बस्ने ईनरदेव चौधरीलाई आफ्नै ३२ वर्षीया श्रीमती किरण कुमारी चौधरीको हत्या गरेको अभियोगमा मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

खाना खाई आफ्नो कोठामा सुतेकी किरण कुमारी बेहोस अवस्थामा फेला परेको र तत्काल उपचारको लागि कठौनास्थित कृष्ण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

उक्त घटनाको सुचना प्राप्त हुनसाथ प्रहरी चौकी कठौना र ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले ईनरदेवलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनको संलग्नता रहेको खुल्न आएको प्रहरीले जनाएको छ।