Breaking News

महोत्तरीमा गोली चल्यो एक जना गम्भीर घाइते

महोत्तरीमा गोली चलेको छ। हिजो साँझ पौने ६ बजे रामगोपालपुर नगरपालिका( १ बसबिट्टीमा ४४ वर्षीय श्रवण यादवमाथि गोली प्रहार भएको हो।

जिल्ला प्रहरी कार्याल महोत्तरीका प्रवक्ता डिएसपी दीलिपकुमार गिरीका अनुसार यादवलाई ३८ वर्षीय कौशल मण्डलले गोली प्रहार गरेका हुन्।

गोली लागेर यादव गम्भीर घाइते भएका छन्। उनको जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको डिएसपी गिरीले जानकारी दिए।

उनका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा सामान्य विवादमा कौशलले श्रवणमाथि गोली प्रहार गरेका थिए। श्रवणमाथि गोली चलाएपछि कौशललाई स्थानीयले नियन्त्रणमा लिइ कुटपीट समेत गरेका थिए।

‘श्रवणको होस खुलिनसकेकोले उनलाई थप सोध्न पाएका छैनौं। गोली प्रहार गर्ने व्यक्ति पनि उपचाररत नै भएकाले अहिले थप खुल्न सकेको छैन,’ डिएसपी गिरीले भने।

प्रहरीले घटनास्थलबाट कटुवा पेस्तोल बरामद गरेको छ।