Breaking News

जुम्लामा अन्तरजातिय विवाह गरेको आवेगमा केटाको घरमा केटी पक्षबाट आगजनी

सुर्खेत । कर्णाली प्रदेशको एक जिल्ला जुम्लामा विवाहको काण्डले अनौठो रुप लिएको छ । दलितका एक दलित युवाले एक अन्तरजातिको केटीलाई दुई वर्षदेखि परेकोे लभलाई विवाहमा परिणनत गरेका पछि युवतीका दाजुले केटाको घरमा आगजनी गरेका छन् । केटीको दाईले केटाको घरमा आगजनी गरेका पछि केटा पक्षले आज जिल्ला प्रहरी कार्यालय जुम्लाले मुद्दा दर्ता गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार तातोपानी गाउँपालिकाका २१ वर्षीय मुकुन्द नेपालीले स्थानीय एक किशोरीलाई भगाएपछि विवाद उत्पन्न भएको हो । मुकुन्दले उच्च जातकी स्थानीय नाबालिग किशोरीलाई भगाएको प्रहरीको भनाइ छ । सोही घटनापछि किशोरीका दाजुसहित परिवारका सदस्यले उनको घरमा आगो लगाएका हुन् ।

आगजनीको विषयमा तातोपानी गाउँपालिका–४ का स्थानीय तीन जना विरुद्ध मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । मुद्दा दर्ता गरिएकाहरुमा किशोरीका दाजु, काका र बुबा छन् ।

मुकुन्दका दाजु भरत नेपालीले आफ्नो भाइले बिहे गरेको केटीकै परिवारको संलग्नतामा घरमा आगो लगाइएको भन्दै तीन जनाविरुद्ध मुद्दा दर्ता गराएका हुन् ।

केटी पक्षका तीन जनाविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ । साथै किशोरीका दाजुले आवेगमा आएर घरमा आगजनी गरेको स्वीकार गरिसकेको र मुद्दा दर्तापश्चात अदालतमा पठाइएको प्रहरीले जनाएको छ ।

मुलुकी अपराध संहिता २०७४ को दफा २८५ को उपदफा ३(घ) र उपदफा ४ बमोजिम तथा मुलुकी अपराध संहिता २०७४ को दफा १६६ को उपदफा १ र उपदफा २(१) बमोजिमको सजायको माग गरी मुद्दा दर्ता गरिएको छ ।