Breaking News

पहिरोका कारण अवरुद्ध भएको नारायगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालन

झरिका कारण पहिरो खस्ने क्रम नेरोकिएपछि अवरुद्ध भएको नारायगढ–मुग्लिन सडक बल्लबल्ल दुइतर्फी सञ्चालन भएको छ । चितवनको इच्छाकामना–५ स्थित तीन नम्बर पुल नजिक पहिरो खस्दा सडक अवरुद्ध भएको थियो आज बिहानदेखि पहिरो खस्न रोकिने र पहिरो पन्छाउने काम सकिएपछि सडक दुइतर्फी खुलेको हो ।

खसेको पहिरोसँगै आएको ढुङ्गा लागेर ना ६ख ७१० नम्बरको ट्रक चालकसमेत घाइते भएका छन् । घाइते चालकको मुग्लिन हाइवे हस्पिटलमा उपचार भइरहेको छ ।

१८ घण्टापछि खुलेको सडक पुनः अवरुद्ध हनु गएको थियो । आज बिहानबाट पहिरो खस्ने क्रम रोकिएको र पहिरो पन्छाएर दुईतर्फ सकडक सुचारु भएको बुझिएकोे छ ।