Breaking News

ललितपुर जिल्ला अदालतकी कर्मचारी प्रेमिका तामाङलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका वकिल अमिर लामिगछाने साधारण तारेखमा रिहा

ललितपुर जिल्ला अदालतकी नायब सुब्बा प्रेमिका तामाङलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका वकिल अमिर लामिगछाने साधारण तारेखमा रिहा भएका छन्।

जिल्ला प्रशासन कार्यालय ललितपुरले आइतबार उनलाई साधारण तारेखमा रिहा गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले जानकारी दिए।

लामिछानेले तामाङमाथि गरेको कुटपिटको विरोधमा आइतबार देशभरका अदालतमा कर्मचारीहरूले दिउँसो साढे १ बजेसम्म काम रोकेका थिए।

उता नेपाल बार एशोसिएनले आइतबार एक विज्ञप्ति जारी गर्दै लामिछानेलाई २४ घन्टाभित्र रिहा गर्न अल्टिमेटम दिएको थियो। उनलाई रिहा नगरे सोमबार देशभरका अदालत बहस नगर्ने एशोसिएसनले चेतावनी दिएको थियो।

गत बुधबार अपराह्न साढे ४ बजे जिल्ला अदालतकी नायब सुब्बा प्रेमिका तामाङमाथि काठमाडौं-१४ का ३६ वर्षीय  लामिछानेले कुटपिट गरेका थिए।

मिसिल हेर्ने विषयमा विवाद भएपछि उनले तामाङमाथि कुटपिट गरेका थिए।

उक्त घटनापछि पीडित तामाङले जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएकी थिइन्।

जाहेरी दिएसँगै प्रहरीले उनलाई पक्राउ गरेको थियो।