१७ असार, काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्ड २७ घण्टा अवरुद्ध भएर खुले पनि हिजोे रातिदेखि पुनः अवरुद्ध भएको छ । राति साढे ११ बजेतिर तीन नम्बर पुल नजिक ढुंगासहित खसेको पहिरोले सडक पुनः अवरुद्ध भएको हो ।
‘राति १० बजेदेखि पहिरो खस्न सुरु गरेको थियो । राति साढे ११ बजेतिर त अघिल्ला दिनको तुलनामा ठूलै पहिरो खसेर दुईतर्फी नै सडक अवरुद्ध भयो ।
नारायणगढ(मुग्लिन सडकखण्डको तुइन खोला पुल बनाउनका लागि अनक कन्स्ट्रक्सनले भित्ता काट्न कठिन भएको भनेको ठाउँबाट निरन्तर पहिरो झरिरहेको छ । पहिरोका कारण लामो समयसम्म सडक अवरुद्ध हुँदा यात्रुहरु मर्कामा पर्दै आएका छन् । सडकमा सवारी साधनहरूको लामो लाइन लागेको छ ।