आज मुस्लिम धर्मावलम्बीहरूको पर्व बकर इद ः दशैभरी सावर्जनिक विदा

१४ असार, काठमाडौं । आज मुस्लिम धर्मावलम्बीहरूले देशैभर दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) मनाउँदैछन् ।

इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा मनाइने बकर इद मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढेका छन् ।

काठमाडौंमा रहेका इस्लाम धर्मावलम्बीहरूले जामे मस्जिदमा पुगेर सामूहिक रुपमा नमाज पढ्नुका साथै शुभकामना आदानप्रदान गरेका छन् ।

नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने प्रचलन छ । यो पर्वको अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।