नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट: आज सुनको कारोबार प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार

काडमाडौँ । यो साता नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्म सुनचाँदीको मूल्यमा ठूलो गिरावट आएको हो । महासंघका अनुसार यो साता सुनको मूल्यमा प्रतितोला २ हजार र चाँदीको मूल्यमा प्रतितोला ९० रुपैयाँको गिरावट आएको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार २५० रुपैयाँ थियो ।

जबकी, यो साताको शुक्रबार छापावाल सुनको कारोबार प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँ छ । यो एक सातामा आएको २ हजार रुपैयाँको गिरावटपछिको कारोबार मूल्य हो । यस्तै, यो साता चाँदीको मूल्यमा समेत उच्च गिरावट आएको छ । गत साताको शुक्रबार चाँदीको मूल्य प्रतितोला १४ सय २५ रुपैयाँ कायम थियो । यो सातामा ९० रुपैयाँ प्रतितोलाले घटेर १३ सय ३५ रुपैयाँमा कारोबार भएको छ ।