काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक मेटमणि चौधरीले बैंकको ब्याजदर तत्काल घटाउन सरकारसँग माग गरेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा उनले मुलुकको अर्थतन्त्रलाई राम्रो अवस्थामा ल्याउन पनि बैंक ब्याजदर तत्काल घटाउनुपर्ने बताए ।
सहरी विकास मन्त्रालय, अर्थ मन्त्रालय, खानेपानी मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै प्रमुख सचेतक चौधरीले बैंक ब्याजदर घटाउने र कर्जा प्रवाह बढाउने काममा अर्थमन्त्री डा. प्रकाशशरण महत गम्भीर नभए मुलुकको आर्थिक अवस्थामा सुधार आउनै नसक्ने पनि बताउ ।
‘हामीसँग निक्षेप बढेको छ भन्ने कुरा गरिरहेका छौं । तर, कर्जा प्रवाह कम भइरहेको छ । यसको एउटा कारण लगानीको वातावरण बन्न सकेको छैन । र, दोस्रो हामीले थोरै ब्याजदर बनाउन सकिरहेका छैनौं’, उनले भने, ‘यसमा माननीय अर्थमन्त्रीज्यू तपाई सिरिएस हेनर््स्, यदि तपाईले बैंक ब्याजदर घटाउन सक्नु भएन भने नेपालको फाइनान्सियल सेक्टरलाई हराभरा बनाउनै सक्नु हुन्न । त्यसैले बैंक ब्याजदर घटाउनुस् । यसमा पहल गर्नुस् । त्यसपछि कर्जा प्रवाहलाई वृद्धि गर्नु । यसो गर्न सकियो भने मुलुकको अर्थतन्त्रलाई हामीले राम्रो बनाउन सक्छौं ।’