सानद्धारा सर्किकल माक्स र थर्मल गन हस्तान्तरण

३० वैशाख, काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौलाई सर्जिकल सप्लायर्स एसोसियसन (सान) ले मास्क र थर्मल गन हस्तान्तरण गरेको छ । आज नेपाल पत्रकार महासङ्घ काठमाडौ शाखामा करिब १००० थान सर्जिकल मास्क र एक थान थर्मल गन हस्तान्तरण गरेको छ । कोरोना संक्रमणको जोखिमलाई ख्याल गरि पहिलो घेरामा बसेर समाचार सङ्कल गर्ने पत्रकारहरुलाई केही मात्रामा भएपनि स्वास्थ्य सुरक्षा होस भनेर सर्जिकल सप्लायर्स एसोसिएसनका अध्यक्ष रमण कायस्थले नेपाल पत्रकार महासङ्घ काठमाडौंका अध्यक्ष शन्तराम विडारीलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।

सुरक्षा सामाग्री बुझ्दै शाखा अध्यक्ष विडारीले संकटको घडीमा दाताबाट प्राप्त स्वास्थ्य सामाग्री अग्र भामा रहेर काम गर्ने पत्रकारहरुलाई वितरण गर्ने वताए । थर्मल गन शाखा कार्यलयमा आउने पत्रकारहरुको तापक्रम नाप्नको लागि प्रयोग बताए । उक्त सामाग्री हस्तान्तरण कार्यक्रममा दाता संस्था सानका अध्यक्ष रमण कायस्थले पत्रकार राज्यको चौथो अङ्ग भएकोले पत्रकाको सुरक्षामा आफ्नु पनि कर्तव्य ठानी सामाग्री उपलब्ध गराएको जानकारी गराएको जानकारी गराएका थिए । हस्तान्तरण कार्यक्रममा सानका उपाध्यक्ष हरि रञ्जितकार, सचिव सुदन पराजुली र अन्य सदस्य तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।