आज एकै दिन ५७ जनामा कोरोना भाइरस सक्रमित भएको पुष्टी त्यसमा २ जना पत्रकार १ जना स्वास्थ्यकर्मी

३० वैशाख, काठमाण्डौ । नेपालमा कोरोना संक्रमित थपिने क्रमसँगै सबै भन्दा आज ५७ जनामा कोरोना भाइरस संक्रमित भेटिएको छ । आज एकै दिन ५७ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । ५७ जनामध्ये ३९ जना पर्सा जिल्लाका रहेका छन् ।
यस्तै रुपन्देहीका ९, कपिलवस्तुका ८ र बाराका १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ । उनीहरु मध्ये ३३ जना निको भएका छन् ।
आजको ५७ जनामध्येमा २ जना पत्रकार रहेका छन् । पर्सामा थपिएका संक्रमितमध्ये २५ जना वीरगञ्ज महानगरपालिकाका छन् । उनीहरु छपकैया, इनरवा, घुसुकपुर र नग्वा क्षेत्रका हुन् । र, १२ बर्षदेखि ५३ बर्ष उमेरका छन् ।

दुई जना वीरगञ्जका पत्रकार समेत छन् । नेपालमा पहिलो पटक पत्रकारमा संक्रमण पुष्टि भएको हो । यस्तै छिपरमाई गाउँपालिकाको मंगल माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसका १४ जना संक्रमित छन् । उनीहरु १३ वैशाखमा बागलुङबाट पर्सा आइपुगेका थिए ।
बाराको बिश्रामपुर गाउँपालिकाका संक्रमित १४ बर्षीय किशोर हुन् । छपकैयाका संक्रमितको कट्याक ट्रेसिङका क्रममा उनको थ्रोट स्वाब संकलन गरिएको थियो ।
कोरोना संक्रमितको संख्या बढेसँगै पर्सा र बारा प्रशासनले निषेधाज्ञा समेत जारी गरेका छन् ।

त्यस्तै आजै थपिएका ५७ जना मध्येमा १ जना २५ वर्षीया कपिलवस्तुका स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ । नेपालमा पहिलो पटक स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको हो ।

आजै कपिलवस्तुमा थपिएका ८ जना संक्रमित रहेका छन् । तौलिहवा अस्पतालमा कार्यरत ९ जनाको स्वाब संकलन गरिएको थियो । त्यसमध्ये एक जनामा संक्रमण पुष्टि भयो भने ८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालमा स्थायी र करार गरी ६७ जना स्वास्थ्यकर्मी काम छन् ।

आज मंगलबार थपिएका सबै संक्रमित कपिलवस्तु नगरपालिकाका बासिन्दा हुन् । यसससँगै कपिलवस्तुमा मात्र कोरोना संक्रमितको संख्या २९ पुगेको छ ।

संक्रमित स्वास्थ्यकर्मीसहित ७ जनालाई मंगलबार नै बुटवलस्थित प्रदेश कोरोना अस्पताल लगिएको छ । उनीहरुसँग सम्पर्कमा अस्पताल सम्पर्कमा आएकाहरुलाई क्वारेन्टाइनमा राखिने प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिएका छन् ।

यस्तै रुपन्देहीमा भेटिएका नौ जना संक्रमित लुम्बिनी सांस्कृतिक नगरपालिकाका बासिन्दा हुन् । वडा नंं ४, ५, ७, ११ र १२ का उनीहरू १७ देखि ५० वर्ष उमेरका पुरुष हुन् ।

उनीहरू सबै लकडाउनको समयमा भारतको मुम्बई र कानपुरबाट नेपाल भारत सीमा क्षेत्र दशगजासम्म आइपुगेका थिए । यससँगै रुपन्देही जिल्लामा मात्र कोरोना संक्रमितको संख्या १६ जना पुगेको छ ।
तथ्यांकमा कोरोना ः नेपाल