सुनको मूल्यले दिनप्रतिदिन नयाँ रेकर्ड तोड्दै आज प्रतितोला एक लाख १३ हजार सय रुपैयाँमा कारोबार

काठमाडौँ । सुनको मूल्यले दिनप्रतिदिन नयाँ रेकर्ड कायम गरिरहेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज थप ८ सय रुपैयाँले बढ्दै १ लाख १३ हजार ३ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ८ सय रुपैयाँले नै बढ्दै १ लाख १२ हजार ७५० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यता चाँदीको मूल्य शुक्रवार तोलामा २५ रुपैयाँले बढ्दै १ हजार ४३५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो ।