भारतमा कोरोना संक्रमित ७० हजार नाघ्दा मर्नेको संख्या ३ हजारको हाराहारीमा पुगेको छ

३० वैशाख, काठमाण्डौ । भारतमा कोरोना भाइरस (कोभिड (१९) बाट संक्रमित हुनेको संख्या ७० हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना भायरसको कारण संक्रमित हुनेको संख्या ७० हजार सात सय ५६ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन हजार ६ सय नयाँ संक्रमित फेला परेका हुन् । त्यस्तै भारतमा कोरानो भाइरसको कारण मृत्यु हुनेको संख्या पनि दुई हजार दुई सय ९३ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ८७ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको हो ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म सबैभन्दा बढी २३ हजार चार सय एक जना संक्रमित पुगेका छन् भने यो राज्यमा अहिलेसम्म आठ सय ६८ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । गुजरातमा अहिलेसम्म आठ हजार पाँच सय ४१ जना संक्रमित फेला परेका छन् । गुजरातमा यो भाइरसबाट मृत्यु हुनेको संख्या पाँच सय १३ पुगेको छ ।

मध्यप्रदेशमा अहिलेसम तीन हजार सात सय ८५ जना संक्रमित हुँदा दुई सय २१ जनाको मृत्यु भइसकेको छ ।
त्यस्तै पश्चिम बंगालमा अहिलेसम्म दुई हजार ६३ जना संक्रमित भइसकेका छन् भने एक सय ९० जना मानिसको मृत्यु भइसकेको छ । उत्तर प्रदेशमा अहिलेसम्म तीन हजार पाँच सय ७३ जना संक्रमित भेटिँदा ८० जनाको मृत्यु भएको छ । बिहारमा अहिलेसम्म सात सय ४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ६ जनाको मृत्यु भएको छ ।