प्रमाणीकरण नागरिकता विधेयक राष्ट्रहितविरुद्ध

सभापति रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदमा छलफल नभइ नागरिकता विधेयक प्रमाणीकरण हुँदा शीतल निवासको गरिमामा गिरावट आएको बताएका छन् । हिजो बुधबार सभापति लामिछानेले सामाजिक सञ्जालमार्फत स्टाटस लेख्दै नागरिक विधेयक प्रमाणीकरणको प्रक्रियालाई लिएर प्रश्न उठाएका हुन् । यस विधेयक प्रमाणीकरण गराउँदा राष्ट्रहितविरुद्ध हुने उनको भनाई छ ।

सभापति लामिछानेले नयाँ जनादेशबाट संसद् बनिसक्दा विधेयक संसदमा छलफल आवश्यक भएको बताए ।

‘नयाँ जनादेशबाट नयाँ संसद् बनेको ६ महिना भइसक्दा पनि संसद्मा छलफल नगराई, यसरी पूरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणीकरण गराउनु राष्ट्रपतिजस्तो सम्मानित संस्थाको गरिमा विपरीत, लोकतान्त्रित संसदीय मूल्य मान्यता र राष्ट्रहितविरुद्ध छ ।