नेकपा माओवादी केन्द्र र चिनियाँ कम्युनिष्ट पार्टीका सिचुआन प्रान्तका पार्टी सचिव वाङ सियाओहुईबीच भेटवार्ता

१७ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्र र चिनियाँ कम्युनिष्ट पार्टीका सिचुआन प्रान्तका पार्टी सचिव वाङ सियाओहुईबीच भेटवार्ता भएको छ।

आज बिहान माओवादी पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सचिव वाङसहितको १४ सदस्यीय प्रतिनिधि मण्डलले नेकपा (माओवादी केन्द्र) नेताहरुसँग भेट छलफलमा दुई सरकारबीचमा सम्बन्ध बिस्तार र दुई देशका जनताको बीचमा पनि सम्पर्क सम्बन्ध स्थापित गर्नेकुरामा छलफल भएको हो ।

‘दुई सरकारबीचमा समान सम्बन्ध बिस्तार होस्, दुई देशका जनताको बीचमा पनि सम्पर्क सम्बन्ध होस्, भन्नेबारेमा केन्द्रित भएर कुरा भएको बुझिएको छ ।