मलेसियामा मृत्यु भएका रामको परिवारलाइ जिएस समाजसेवा युवा कल्व मलेसियाको आर्थिक सहयोग

रौतहट । मलेसियामा मृत्यु भएका रौतहटका एक यूवकको परिवारलाइ आज जिएस समाजसेवा युवा कल्व मलेसियाले आर्थिक सहयोग गरेको छ ।  छातीको समस्याका कारण गत मार्च २९ तारीखमा मृत्यु भएका रौतहटको  यमुनामाई गाउँपालिका ४ सरुअठाका नरेश रामको परिवारलाई संगै काम गर्ने सहकर्मी नेपालीहरुले मृतक परिवार लाई आर्थिक सहायता गरेका छन् । मृतकको परिवारलाई जीवन यापनका लागि सहयोग होस् भन्ने उदेश्यले मलेसियामा बस्ने नेपालीहरुले चन्दा संकलन गरी नेपाली रुपैयाँ ११ लाख ४५ हजार ८ सय ८०  रुपैयाँ जिएस समाजसेवा युवा कल्व मलेसिया मार्फत सहयोग रकम पठाएका थिए ।

सो रकम मृतकका बुवा माधो राम र आमा मिना देवी रामलाई नेपाल पत्रकार महासंघ रौतहट सभापती प्रेमचन्द्र झाको प्रमुख आतिथ्यमा हस्तान्तरण गरिएको छ । रकम हस्तान्तरण कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथी महासंघ रौतहट सभापती झाले संगठनमा नै शक्ति हुन्छ जुन आज देखनको लागि मिल्यो । थोरै थोरै भएपनि रकम संकलन गरेर मृत्क नरेश रामको परिवारको लागि सहाराको रुपमा जिएस समाजसेवा युवा कल्व खडा भएको भन्दै सराहना गरेका थिए । ज–जसले रकम संकलन गरेर रकम पठाइ पिडित परिवारको पिडामा मलहम लगाउने काम गर्नु भयो ती सबै महान आत्माहरु लाइ धन्यवाद ज्ञापन गर्दै अभार प्रकट गर्नु भयो । यसको जति प्रशंसा गरेपनि कमै हुने झाले बताउनु भयो ।

कार्यक्रमलाइ समापन गर्दै कल्बका बरिष्ट उपाध्यक्ष मिथुन विराजी यादवले अहिले सम्म जिएस समाजसेवा युवा कल्व मलेसियाले यस्तै परिवारहरुलाइ १ करोडको हाराहारीमा आर्थिक सहयोग गरि सकेको जानकारी गराए ।

रकम हस्तान्तरण कार्यक्रमा सो वडाका वडा अध्यक्ष अश्विनी कुमार यादव,सहयोग पठाउने आयोजक  संस्थाका उपाध्यक्ष विजय जयसवाल, मिथुन  विराजी यादव , दिनेस जयसवाल भुवन कार्की, नेपाल पत्रकार महासंघका प्रदेश सदस्य शैलेन्द्र झा सहितका पत्रकार स्थानीय भद्रभलामीहरुको उपस्थिति रहेको थियो । मुकेश यादवले सञ्चालन गरेको कार्यक्रममा कल्बका उपाध्यक्ष बिजय यादवले स्वागत मन्तव्य राखेका थिए ।