बझाङमा बिहान ४ बजेर ६ मिनेट जाँदा ४.५ म्याग्निच्युडको भूकम्प

१० जेठ, काठमाडौं । सुदूरपश्चिमाञ्चलमा पटक पटक भूकम्पका धक्का गइरहेको छ । भुकम्का धक्का जाने क्रममा हिजो बझाङमा भूकम्प गएको छ । बिहान ४ बजेर ६ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार बझाङको दौलीचौर आसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो ।

बाजुरा र छिमेकी जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।