प्रतिनिधि सभामा नीति तथा कार्यक्रमाथि छलफल आज पनि जारी

प्रतिनिधि सभामा नीति तथा कार्यक्रमाथि छलफल आज पनि जारी छ।

भरखरै सुरू भएको प्रतिनिधि सभा बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सांसदहरूले आफ्नो धारणा राखिरहेका छन्।

हिजोको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले नीति, कार्यक्रमाथि आफ्नो धारणा राखेका थिए।

उनले सरकारले अघि सारेको कार्यक्रम नीतिहीन, गतिहीन भएको बताउँदै खारेज वा पुनर्लेख गर्नुपर्ने बताएका थिए।