पूर्वीरुकुमको हुकाम गाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प

७ जेठ, काठमाडौं । नेपालको पश्चिम भागमा लगातार भूकम्पका धक्का आईरहेका छन । यसै क्रममा हिजो राती पूर्वीरुकुमको हुकाम गाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान २ बजेर ५९ मिनेटमा ४।१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ ।

यसअघि गत वैशाख २१ गते बाजुराको विछ्या केन्द्रविन्दु भएर ४।१ म्याग्निच्युडको भूकम्प गएको थियो । भूगर्भविदहरुले पश्चिम नेपालमा वर्षौंदेखि ठूलो भूकम्प नगएकाले सो क्षेत्र ठूलो भूकम्पको उच्च जोखिममा रहेको औंल्याएका छन् ।