बार्सिलोना रियल सोसिडाडसँग पराजित

७ जेठ, काठमाडौं । स्पानिस ला लिगाको च्याम्पियन बनेपछिको पहिलो खेलमा बार्सिलोना रियल सोसिडाडसँग पराजित भएको छ ।

घरेलु मैदान नोउ क्याम्पमा ट्रफी सेलेब्रेसन गर्नुअघि बार्सिलोनालाई सोसिडाडले २-१ ले हरायो ।

सोसिडाडका लागि मिकेल मेरिनोले पाँचौ मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए भने ७१औं मिनेटमा अलेकजान्डर सोर्लोथले दोस्रो गोल गरे ।

रोबर्ट लेवान्डोस्किले अन्तिम मिनेटमा गोल गरेपनि बार्सिलोनाको हार टार्न सकेनन् ।

गत साता स्पानयोलाई हराउँदै बार्सिलोनाले चार खेल अगाडि नै उपाधि पक्का गरेको थियो ।