पूर्वसभासद् आङटावा शेर्पा प्रहरी परिसर, टेकुको हिरासतमा घाइते

२ जेठ, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने ठगी प्रकरणमा मुछिएपछि जिल्ला प्रहरी परिसर, काठमाडौं पुगेका पूर्वसभासद् आङटावा शेर्पा घाइते भएका छन् ।

जिल्ला प्रहरी परिसर, टेकुको हिरासतमा राखिएका उनी घाइते भएपछि प्रहरीले वीर अस्पताल पुर्‍याएको छ । अस्पतालमा उनको प्रारम्भिक उपचार गराएर प्रहरीले फेरि उनलाई टेकुमा ल्याएको छ । उनको टाउकोमा ७ वटा टाँका लगाएको छ ।