माध्यामि अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन खुला

३१ वैशाख, काठमाडौं । माध्यामि अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन खुला भएको छ ।

शिक्षक सेवा आयोगले यही वैशाख २९ गतेको निर्णयअनुसार आवेदन खुला गरिएको सूचना प्रकाशित गरेको छ ।

योग्यता र तालिम पुगेका इच्छुक व्यक्तिले आधिकारिक अनलाइन दर्खास्त दिनसक्ने आयोगले जनाएको छ ।

अनलाइन फाराम www.tsc.gov.np मार्फत पेस गर्न सकिनेछ । अनलाइन दर्खास्तमा व्यक्तिगत विवरण एवं पेस गरेका कागजातहरू राजस्व दस्तुर बुझाइसकेपछि परिमार्जित वा थपघट गर्न नमिल्ने आयोगले जनाएको छ ।