काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले गलत गर्न खोजे साथ दिन नसकिने स्पष्ट पारेका छन् ।
पार्टीको उपत्यका र सम्पर्क विशेष प्रदेश कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले शरणार्थी प्रकरणमा अहिलेसम्म सरकारले राम्रो काम गरेको र पार्टीको समर्थन रहेको भन्दै गलत काम गर्न खोजे साथ दिनुपर्छ भन्ने बाध्यता नरहेको बताएका हुन् ।
उनले उक्त प्रकरणमा सरकारले खुट्टा कमाउन हुने भन्दै जुनसुकै ओहोदामा रहेका व्यक्तिलाई पनि उन्मुक्ति दिन नहुने धारणा राखे । देशद्रोही काममा कम्युनिष्ट भनिएका व्यक्तिहरु नै संलग्न हुनु लाजमदो कुरा भएको उनले बताए । त्यस्तै अध्यक्ष नेपालले सत्तामा बसेका माओवादी र कांग्रेसका कतिपय व्यवहारबाट सन्तुष्ट नरहेकाले सचेत गराउनु पार्टीको कर्तव्य रहेको बताए ।
उनले अहिले पनि नेकपा व्युताउन तयार रहेको भन्दै एमाले अध्यक्ष केपी ओली सच्चिएर आए एकै ठाउ बस्न सकिने जिकिर गरे । उनले अहिले राजावादीहरुले ठाउको उठाउन थालेकाले कम्युनिष्टहरुको जिम्मेवारी बढ्दै गएको उल्लेख गरे ।