मोरङको राठी म्यानुफ्याक्चरिङमा आगलागी

मोरङको राठी म्यानुफ्याक्चरिङमा आगलागी भएको छ।

जिल्लाको बुडीगङ्गा गाउँपालिका–५ मा राजेन्द्रकुमार राठीले सञ्चालन गर्दै आएको राठी  उद्योगमा गएराती २ बजेदेखि आगलागी भएको मोरङका डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।

आगलागी अहिलेसम्म पूर्णरूपमा नियन्त्रणमा आउन सकेको छैन।

डिएसपी दाहालका अनुसार बाहिरी संरचनाको आगो नियन्त्रणमा लिइएपनि भित्र रहेका सामानमा लागेको आगो नियन्त्रणमा आइसकेको छैन।

आगलागी नियन्त्रणमा लिन १२ वटा वारूणयन्त्रसहित सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको डिएसपी दाहालले जानकारी दिए।