पाकिस्तानको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री इमरान खानलाई तत्काल रिहा गर्न आदेश

एजेन्सी

एजेन्सी । पाकिस्तानको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री इमरान खानलाई तत्काल रिहा गर्न आदेश दिएको छ । बिहीबार त्यहाँको सर्वोच्च अदालतले खानको गिरफ्तारी गैरकानुनी भएको ठहर गर्दै उनलाई तत्काल रिहा गर्न आदेश दिएको हो ।

खानलाई मंगलबार भ्रष्टाचार आरोपमा इस्लामावादस्थित उच्च अदालत परिसरबाटै पक्राउ गरेको थियो । अदालत परिसरबाट पक्राउ गर्नुअघि अदालतकै अनुमति नलिएको भन्दै त्यहाँको सर्वोच्च अदालतले खानको पक्राउ गैरकानुनी रहेको ठहर गरेको हो ।

यो आदेशसँगै पाकिस्तानमा सेना र अदालतबीच टसल पैदा हुने सम्भावना रहेको बीबीसीले उल्लेख गरेको छ । खानको गिरफ्तारिसँगै पाकिस्तानमा हिंसा मच्चिएको छ । खान समर्थकहरुले गरेको प्रदर्शनमा प्रशरी र समर्थकबीच झडप हुँदा कम्तिमा दर्जनौँ मानिसले ज्यान गुमाएका छन् भने कयौ मानिस घाइते भएका छन् ।