प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता

भुटानी शरणार्थी काण्डमा नेताहरू तथा उच्चपदस्थहरु धमाधम पक्राउ पर्न थालेसँगै राजनीतिक तरंगित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको
छ ।
आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर देउवाले प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण पक्राउ परेको भोलिपल्ट देउवाले प्रधानमन्त्रीलाई भेटेका हुन् । देउवा पत्नी आरजु राणासमेत नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि देउवा दबाबमा छन् ।

प्रचण्ड र देउवाबीच भएको भेटवार्तामा के विषयमा छलफल भयो भन्ने खुलाइएको छैन । यद्यपि, पछिल्लो समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आजै कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ ।

बैठकमा खाँणको विषयमा पनि छलफल हुने बुझिएको छ । दिउँसो २ बजे बस्ने बैठकअघि देउवा प्रचण्ड भेट्न बालुवाटार पुगेका हुन् ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै पैसा असुल्ने प्रकरणमा राजनीतिक शीर्ष नेताहरू तथा उच्चपदस्थहरु धमाधम पक्राउ पर्न थालेसँगै राजनीतिक नेतृत्व तह तरंगित भएको छ ।