टोपबहादुर रायमाझीलाई एमालेले निलम्बन : रायमाझीद्धारा संसद सचिवालयलाई विरामी भएको निवेदन

२७ वैशाख, काठमाडौं । प्रहरीको फरार सूचीमा रहेका टोपबहादुर रायमाझीले संसद सचिवालयमा आफू विरामी भएको निवेदन पठाएका छन् ।

संसद सचिवालयका अनुसार, विरामी विदा स्वीकृति गरिदिन भनेर रायमाझीले निवेदन पठाएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले रायमाझीलाई गत बुधबार पक्राउ पूर्जी जारी गरेको छ । तर रायमाझी एक सातादेखि फरार छन् ।

एमाले सचिव रायमाझीलाई एमालेले आजै पदबाट निलम्बन गरेको छ ।